वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व द्वितीया - २
सिंचाइ पुर्वाधारको आधुनिकीकरण : १७,४५२ हेक्टर क्षेत्रफलको किसानद्वारा व्यवस्थित १०० वटा सिंचाइ प्रणाली (FMIS) र १४,५०० हेक्टर क्षेत्रफलको बर्दिया राजापुर सिंचाइ आयोजनाको आधुनिकीकरण गर्ने । गेटेड इन्टेक संरचना, नदी किनाराको सुरक्षा र सिंचाइ नहरहरूको निर्माण तथा पुनःनिर्माण गर्ने । करिब १,३५४ हेक्टर क्षेत्रफल सिंचित हुने १२ वटा पहाडी लिफ्ट सिंचाइ प्रणालीमा आधुनिक पानी वितरण प्रविधिको प्रयोग गर्ने लगायत ।
सिंचाइ तथा कृषि क्षेत्र हेर्ने संस्था तथा कृषि समूहहरूको क्षमता अभिवृद्धि : किसान, सरकारी निकाय र स्थानीय तहका लागि एकीकृत बाली तथा जलस्रोत व्यवस्थापन (ICWM) को क्षेत्रमा क्षमता विकास गर्ने । सिंचाइ व्यवस्थापनका लागि जलउपभोक्ता संस्थाहरु (WUAs) को विकास गर्ने । कृषि व्यवसाय, वित्तीय पहुँच र बजार सुविधाका लागि जल उपभोक्ता सहकारी (WUCs) को स्थापना गर्ने । दीगो प्रणाली सञ्चालन गर्न ३३% महिला तथा १०% बन्चित वर्गको समूहलाई तालिम प्रदान गर्ने । राष्ट्रिय रुपमा प्रयोग गर्नका लागि I CWM मार्गचित्र र तालिम मोड्युलहरु निर्माण गर्ने लगायत ।
आधुनिक कृषि प्रणाली तथा मूल्य श्रृंखला सुविधा प्रवर्द्धन: जलवायु-स्मार्ट कृषि प्रणाली, यान्त्रीकरण र आधुनिक प्रविधिको प्रयोग प्रवर्द्धन गर्ने । बालीनाली भण्डारण, प्रशोधन र बजार पहुँच सुधारद्वारा मूल्य शृंखलाको विकास गर्ने । मौसम, बाली योजना तथा व्यापार सम्बन्धी डिजिटल परामर्श सेवा प्रदान गर्ने । मेसिनरी, कोल्ड स्टोरेज र डिजिटल सूचना बोर्डले जलउपभोक्ता संस्था/जलउपभोक्ता सहकारीलाई सहयोग गर्ने । कृषि उपकरणमा ५०% तथा सुविधामा १५% अनुदानसहित वित्तीय सहायता गर्ने लगायत ।