NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व द्वितीया - २

परिचय

एसियाली विकास वैंकको सहुलियत ऋण सहायता र नेपाल सरकार, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाइ विभाग अन्तरगत सिंचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना सन् २०२४ देखि २०३० सम्म ६ बर्ष संचालन हुने आयोजना हो । यो आयोजनाले नेपालका ३ वटा प्रदेशहरूमा रहेका किसानबाट-व्यवस्थित सिंचाइ प्रणालीको उत्पादकत्व, लाभ र जलवायु उत्थानशीलता अभिवृद्धि गर्नेछ । यस्तै राजापुर सिंचाइ प्रणालीको आधुनिकीकरण एवम् गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा सिंचाइ पुर्याउनका लागि पहाडी लिफ्ट सिंचाइको परिक्षण गर्ने छ । यो आयोजनाले सिंचाइ प्रणालीलाई आधुनिकीकरण गर्ने, एकीकृत बाली तथा जल व्यवस्थापन प्रवर्द्धन गर्ने र जलवायु-स्मार्ट कृषि व्यवसायको संस्थागत गर्ने लक्ष्य राखेको छ । आयोजनाबाट करिब ५६,००० कृषकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

आयोजनाको कुल लागत १३३.६४ मिलियन अमेरिकी डलर हो । जसमध्ये एसियाली विकास वैंकबाट ६३.६%, साउदी विकास कोषबाट २२.४५%, नेपाल सरकारबाट १२.०८% र लाभग्राहीबाट १.८८% हिस्सा योगदान रहने छ ।

यो रकम सिंचाइ पूर्वाधार आधुनिकीकरणमा ८४.०७%, क्षमता अभिवृद्धिमा ३.०१%, कृषि तथा मूल्य श्रृंखला १०.३% र आयोजना व्यवस्थापनमा ८.६७% हिस्सा खर्च गरिनेछ ।